महाराजगन्ज प्रहरीका दुई प्रहरीको हत्या आरोप लागेका चार जना जेल चलान

महाराजगन्ज प्रहरीका दुई प्रहरीको हत्या आरोप लागेका चार जना जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८२
  • 5.8K
    Shares

काठमाडौँ, ३ कार्तिक २०८२।

जेन जी आन्दोलनका क्रममा काठमाडौँको महाराजगञ्जमा दुई प्रहरीको क्रूर तरीकाले हत्या गरेको आरोप लागेका चार जना पुर्पक्षमा रहने गरी केन्द्रीय कारागार सुन्धारा चलान भएका छन् ।

जिल्ला अदालत काठमाण्डौको आदेश बमोजिम सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम बिक. काभ्रेपलान्चोकका युवराज क्याप्छाकी र मकवानपुरका बुद्धिलाल थिङ केन्द्रीय कारागार सुन्धारा चलान भएका हुन् ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिएको जानकारी अनुसार, गएको २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा महाराजगंज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तमसिंह थापाको हत्या भएको थियो।

यस अघि जिल्ला अदालत काठमाण्डौले प्रहरी सहायक निरीक्षक रायको हत्या आरोपमा परेका होमप्रसाद पौडेल र उदयपुरका टिकाराम बिक तथा प्रहरी जवान उत्तमसिंह थापाको हत्या आरोपमा पक्राउ परेका काभ्रेपलान्चोकका युवराज क्याप्छाकी र मकवानपुरका बुद्धिलाल थिङलाई पुर्पक्षमा रहने गरी कारागार पठाउन आदेश दिएको थियो।

सामाजिक संजालमा प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तमसिंह थापालाई कुटी कुटी हत्या भएको भिडियो भाइरल बनेको थियो। सोहि भिडियोका आधारमा पक्राउ परेका उनीहरुलाई प्रहरीले कर्तब्य ज्यान सम्बन्धि कसुरमा अनुसन्धान गरी जिल्ला सरकार वकिलको कार्यालय मार्फत जिल्ला अदालत काठमाण्डौमा पेश भएको थियो।

होमप्रसादले प्रहरीसंगको आफ्नो बयानमा २०५७ सालमा सङ्कटकालमा प्रहरीसँग भएको व्यक्तिगत झगडा र २०६५ सालदेखि काठमाडौँ बस्दै आएका कारण बदला लिन हत्या गरेको स्वीकारेका छन् ।

उनी हाल आफ्नै भतिजको किराना पसलमा काम गर्थे। अर्का प्रतिवादी टिकाराम बिक मासु र टिकट काउन्टरमा काम गर्थे र प्रहरी हत्यासँगै लुटपाटमा पनि संलग्न रहेको पाइएको छ।

यस्तै, जवान थापाको हत्या आरोपमा काभ्रेपलान्चोकका युवराज क्याप्छाकी र मकवानपुरका बुद्धिलाल थिङलाई अदालतले थुनामा पठाएको छ।

२८ वर्षीय प्रहरी जवान थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। जेनजी आन्दोलनका क्रममा उनीमाथि क्रूर आक्रमण भएको थियो। घटनापछि शव सडकमा फालिएको थियो र नेपाली सेनाले उद्धार गरेको थियो।

सुन न, जीवनमा पहिलोचोटि डर लागेको छ। मेरो बाइक पनि आन्दोलनकारीले जलाइदिएका छन्।’ भदौ २४ का दिन दिउँसो असइ मिलन रायले आफ्नी श्रीमतीलाई मेसेज पठाए। तर, जापानमा रहेकी श्रीमतीले उनको मेसेज पढ्न नपाउँदै यता उनको ज्यान गइसकेको थियो। सामाजिक सञ्जालभरि डिएसपी भन्दै कुटीकुटी हत्या गरिएको भिडियो भाईरल बनाईयो उनि असइ मिलन राय थिए।

अदालतमा बयान अनुसार, आरोपितहरूले प्रहरी कार्यालयमा आगजनी, तोडफोड र थुनुवाहरूमाथि आक्रमण समेत गरेका थिए। उनीहरूले आफूले गरेका क्रूरताको भिडिओ समेत बनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार