टी–२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित

टी–२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असोज २०८२
  • 4.7K
    Shares

पोखरा, ३० असोज २०८२।

अर्को वर्ष हुने आईसीसी टी२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ।

ओमानलाई आईसीसी टी–ट्वान्टी विश्वपक एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा हराउँदै नेपाल छनोट प्रतियोगिताको ट्रफी उचाल्ने सङ्घारमा पुगेको छ ।

बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो । अल इमिरेट्स मैदानमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनायो ।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै विनायक शुक्लाले २५ रन बनाउँदा कप्तान जितेन्द्र सिंहले १४ रनको योगदान गरे ।

Laxmi sunrise bank
नेपालका लागि गुलशन कुमार झाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।

Shivam Cement
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले २४ रन बनाउँदा गुलशन झाले १८ रन जोडे ।

ओमानका लागि नदीम खानले सर्वाधिक चार विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै सुफ्यान मोहमोद र जितेन्द्र कुमार रमानन्दीले दुई दुई विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल ४ खेलबाट ८ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पराजित ओमानको ६ अङ्क छ । ओमान तालिकाको दोस्रो स्थानमा छ । दुवै टोली विश्वकपमा छनोट भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार