पोखरा, २८ असोज २०८२।
काठमाडौंको अनामगरस्थित मेलम्ची खानेपानी आयोजनाको योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो ।
ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।