सर्वोच्चमा सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी १० वटा रिट

सर्वोच्चमा सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी १० वटा रिट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ असोज २०८२
  • 5K
    Shares

पोखरा, २८ असोज २०८२।

सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएका छन्।

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए। चारवटै रिटमाथि बुधवारको लागि पेशी पेसी तोकिएको सहायक प्रबक्ता पाण्डेले जानकारी दिए।
छ।

सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै १० वटा मुद्दाहरु आएको भए पनि ती मुद्दाहरू अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको कामकारबाही प्रभावित भएको थियो। उनले मंगलबार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको बताए।

उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो। तिहारपछि सर्वोच्चका सबै सेवाहरू भवनबाटै शुरु गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार