कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लामिछानेले लिए पांच विकेट

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लामिछानेले लिए पांच विकेट


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ असोज २०८२
  • 5.9K
    Shares

पोखरा, २७ असोज २०८२।

सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया पेशिफिक छनोटको सुपर सिक्समा कतारमाथि रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको एकसय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एकसय ४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछानेको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

एक समय सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले आजपनि शानदार पुनरागमन गरेको हो । आजपनि दीपेन्द्रको एक रनआउट र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर एकसय ४७ रन बनाएको थियो ।

कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

कास्की जिल्ला का’रागारमा ब’न्दी रहेका सुर्यर्दन सहकारी ठ’गी मु’द्दाका मुख्य आरो’पीहरु बेप’त्ता

प्रतिक्रिया
सम्बन्धित समाचार