पोखरा, २८ असोज २०८२।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका पोखराको चर्चित सुर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य आरोपीहरु बेपत्ता भएका छन्।
सुर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य आरोपीहरु मध्येका एक कुमार रम्तेल लगायतका बन्दीहरु अझै पनि कास्की जिल्ला कारागारको सम्पर्कमा नरहेको कारागार ब्यबस्थापन विभागले जानकारी दिएको छ।
विभागले जेन जी आन्दोलनका क्रममा भागेका कैदी बन्दीहरुको विवरण आइतबार सार्वजनिक गरेको छ। उक्त बिबरणमा कास्की जिल्ला कारागारबाट भागेर अझै दुई सय ६५ जना बन्दी सम्पर्कमा नआएको उल्लेख छ। ती मध्ये १४ जना मात्र सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दाका रहेका छन्।
सहकारी ठगी सम्बन्धि मुद्दाको प्रमुख केन्द्र मानिएको पोखरामा मात्र सुर्यदर्शन , मित्र मिलन , इमेज, प्राइम र बिन्ध्यबासिनी सहकारीमा ब्यापक अनियमितता भएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो। त्यस क्रममा प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा पेश हुँदा केहीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने केहीलाई धरौटीमा छाडेको थियो।
यसरी कास्की जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी कास्की जिल्ला कारागारमा रहेका बन्दी हरु मध्ये अझै १४ जना सम्पर्कबिहीन भएको कारागार ब्यबस्थापन विभागले उपलब्ध गराएको विवरणमा जनाइएको छ।
यसरी भाग्नेहरुमध्ये सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य दोषी ठानिएकाहरु मध्येका कैलाशकुमार दर्लामी,, कुमार रम्तेल , भविश्वर अर्याल पनि छन। दर्लामी सहकारीका उपाध्यक्ष र रम्तेल सहकारीका कोशाध्यक्ष रहेका थिए।
रम्तेल ललितपुरको गोदाबरी २ का बासिन्दा हुन् भने दर्लामी रामेछाप ८ रामेछापका बासिन्दा हुन् अर्याल भने गल्याङ २ स्याङजाका बासिन्दा हुन्।
यसरी सहकारी ठगी मुद्दा लागेर कास्की कारागारमा बन्दी रहेका र हाल बेपत्ता भएकाहरु मध्ये तारकेश्वर ९ नुवाकोटका गोपाल खनाल , बिरुवा ८ स्याङजाका राजन लम्साल र कुश्मा ५ पर्वतका लेखनाथ शर्मा पनि छन।
सार्वजनिक विवरण अनुसार , पोखरा महानगरपालिका वडा नम्बर १७ का सन्दिप अर्याल , पोखरा २९ का कुलदिप भट्टराई , सोही ठाउँका उत्तम मगर , पोखरा ३० का सुनिल , पोखरा ४ का निदेश प्रसाद कोइराला, पोखरा २७ का सुरेन्द्रमणि पौडेल र पोखरा ११ की निरु थापा केसी अझै कास्की जिल्ला कारागारको सम्पर्कमा छैनन।
पर्वत जिल्ला कारागारबाट पनि एक जना बन्दी सम्पर्कबिहीन। सम्पर्कबिहीन बन्दी अनिल कुमार थापा रहेका छन्।
रागार ब्यबस्थापन विभागले आइतबार सार्वजनिक गरेको जेन जी आन्दोलनका क्रममा भागेका र अझै बेपत्ता रहेका बन्दीहरुको सूचीमा कास्की कारागारबाट भागेका मध्ये अझै दुइ सय ६५ जना सम्पर्कबिहीन रहेको उल्लेख छ। यसरी बेपत्ता मध्ये दुइ जना बिदेशी बन्दीहरु पनि छन्। ती दुवै जना चिनियाँ नागरिक रहेका छन्।
कास्की कारागारबाट भागेका दुई चिनियाँ मध्ये एक जना सी मिङ्ग मिङ्ग हुन् भने अर्का सी होङसोङ रहेका छन्। सी मिङ्ग मिङ्ग मानव बेचबिखन मुद्दा र सी होङसोङ जबरजस्ती करनी मुद्दाका बन्दी हुन्।
कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाटभागेका ६ हजार पांच सय १६ कैदीबन्दी अझै बेपत्ता भएको भन्दै नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ। साथै विभागले अजाही बेपत्ता बन्दीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन दिएको छ।
सार्वजनिक सूची अनुसार पांच हजार आठ सय ६८ जना नेपाली, पांच सय ४० जना भारतीय र एकसय आठ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् ।