जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका १४ जना सहकारी ठगी मुद्दाका अझै बेपत्ता (हेर्नुस नामावली)

जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका १४ जना सहकारी ठगी मुद्दाका अझै बेपत्ता (हेर्नुस नामावली)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ असोज २०८२
  • 12.5K
    Shares

पोखरा, २७ असोज २०८२।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका १४ जना सहकारी ठगी मुद्दाका अझै बेपत्ता रहेको पाइएको छ।

कारागार ब्यबस्थापन विभागले आइतबार सार्वजनिक गरेको जेन जी आन्दोलनका क्रममा भागेका र अझै बेपत्ता रहेका बन्दीहरुको सूचीमा कास्की कारागारबाट भागेका मध्ये अझै दुइ सय ६५ जना सम्पर्कबिहीन रहेको उल्लेख छ।  यसरी बेपत्ता मध्ये दुइ जना बिदेशी बन्दीहरु पनि छन्।  ती दुवै जना चिनियाँ नागरिक रहेका छन्।

कास्की कारागारबाट भागेका दुई चिनियाँ मध्ये एक जना सी मिङ्ग मिङ्ग हुन् भने अर्का सी होङसोङ रहेका छन्।   सी मिङ्ग मिङ्ग मानव बेचबिखन मुद्दा र  सी होङसोङ जबरजस्ती करनी मुद्दाका बन्दी हुन्।

सोही आन्दोलनका क्रममा भागेका १४ जना सहकारी ठगी मुद्दाका बन्दीहरु अझै सम्पर्कमा नआएको कारागार बयाबस्थापन विभागले सार्वजनिक बिबरंमा उल्लेख छ।  सार्वजनिक विवरण अनुसार ,  पोखरा महानगरपालिका वडा नम्बर १७ का सन्दिप अर्याल ,  पोखरा २९ का कुलदिप भट्टराई ,  सोही ठाउँका उत्तम मगर ,  पोखरा ३० का सुनिल  , पोखरा ४ का निदेश प्रसाद कोइराला, पोखरा २७ का सुरेन्द्रमणि पौडेल र पोखरा ११ की निरु थापा केसी अझै कास्की जिल्ला कारागारको सम्पर्कमा छैनन।

त्यस्तै ललितपुरको गोदाबरी २ का कुमार रम्तेल ,  गल्याङ २ स्याङजाका भविश्वर अर्याल ,  तारकेश्वर ९ नुवाकोटका गोपाल खनाल ,  बिरुवा ८ स्याङजाका राजन लम्साल  र  कुश्मा ५ पर्वतका लेखनाथ शर्मा पनि बेपत्ता रहेको कारागार ब्यबस्थापन विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पर्वत जिल्ला कारागारबाट पनि एक जना बन्दी सम्पर्कबिहीन।  सम्पर्कबिहीन बन्दी अनिल कुमार थापा रहेका छन्।

कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाटभागेका  ६ हजार पांच सय १६ कैदीबन्दी अझै बेपत्ता भएको भन्दै नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ।  साथै विभागले अजाही बेपत्ता बन्दीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन दिएको छ।

सार्वजनिक सूची अनुसार  पांच हजार आठ सय ६८ जना नेपाली, पांच सय ४० जना भारतीय र एकसय आठ  जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार