पोखरा, २५ असोज २०८२।
देश र पार्टीको विषम परिस्थितिका बाबजुद पनि नेतृत्व छाड्न इन्कार गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिकल्पमा नयाँ नेतृत्व खोज्नुपर्ने आवाज उठ्न थालेका छन्।
शुक्रबार भक्तपुरस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा बहुमत सदस्यहरुले अध्यक्ष ओलीको राजिनामा माग गरेका छन् भने पूर्व राष्ट्रपति बिब्द्यादेवी भण्डारीलाई फेरी पार्टी सदस्यता दिएर पार्टीभित्र स्वागत गरिनुपर्ने कुरामा जोड दिएका छन्।
एमालेको सचिवालयको शुक्रबारको बैठकमा बोलेका नौ मध्ये ६ जना नेताले पार्टी अध्यक्ष ओलीले पद छाडेर सहज निकास दिनुपर्ने प्रस्ताव गरे। बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापाले पार्टी पुनर्गठनको अडान लिए । पुनर्गठनको अडान लिएका नेताहरूमध्ये अष्टलक्ष्मी शाक्यले लिखित रुपमै पहिलोपटक ओलीको राजीनामा मागिन् । यस्तै लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिए। उपाध्यक्ष ज्ञवालीले पार्टी पुनर्गठनको आवश्यकता झन् बढ्दै गएको भन्दै अध्यक्षले पदत्याग गर्नुपर्ने बताए।
पार्टीको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखेकी हुन्। यस्तै लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिए।
बथाकमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले ओलीको बचाउमा बोलेका छन् भने उपमहासचिव प्रदीप ज्ञवालीले मध्यमार्गी प्रस्ताव राखेका छन् ।
महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीले तत्काल राजनीनामा दिन नहुने पक्षमा उभिएका थिए।
उक्त बैठकमा बहुमत वक्ताहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता खुला गर्न सचिवालयका बहुमत बढी सदस्यले ओलीलाई सुझाव दिए।
‘पर्सि बस्ने केन्द्रीय कमिटी बैठकले उहाँको पार्टी सदस्यता खुला गरिदिए हुन्छ भनेर बहुमत साथीहरूले भन्नुभयो। यसमा एकै स्वरजस्तो थियो,’ अर्का पदाधिकारीले भने।
नौ जनामध्ये बहुमतले भण्डारीको रोकिएको सदस्यता खुला गर्नुपर्ने सुझाव दिएको ती नेता बताउँछन्।
भण्डारीलाई सदस्यता दिनुपर्ने पक्षमा विष्णु पौडेल, रामबहादुर थापा खुलेपछि सचिवावलयमा बुहमत भएको छ।
भण्डारीको सदस्यता रोकिएकै कारण ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे एकातिर थिए। अब सचिवलायमा ओली अल्पमतमा परेका छन्।
असार १४ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको बताएपछि उनलाई रोक्न ओलीले अनेक चाल चलेका थिए।
त्यही विषयले एमालेका नेताहरू विभाजित भइरहेका थिए। भण्डारीले समानान्तर गतिविधि गरिरहेकी थिइन्।