ओली र प्रचण्डको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी कटौती

ओली र प्रचण्डको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी कटौती


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ असोज २०८२
  • 6K
    Shares

काठमाडौं, २३ असोज २०८२। ।

गृह मन्त्रालयले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ को सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेको छ ।

मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगेको भन्दै गृह मन्त्रालयले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका संयोजक प्रचण्डको सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार, ओलीले लगेका मापदण्डविपरीतका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने प्रचण्डका ३४ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । प्रचण्डको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार, पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थहरूलाई सुरक्षा व्यवस्था गर्ने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार