माओवादी केन्द्र घोषित आम चुनाबमा सक्रिय सहभागी हुने : अन्य पार्टीसंग एकताका लागि पहल जारी

माओवादी केन्द्र घोषित आम चुनाबमा सक्रिय सहभागी हुने : अन्य पार्टीसंग एकताका लागि पहल जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० असोज २०८२
  • 5.7K
    Shares

काठमाडौँ, २० असोज २०८२।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने उनको भनाई छ।

उनले भने, ‘हामी कसरी अघि बढ्नुपर्छ भन्नेकुरामा हाम्रो केन्द्रिय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ। घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो। हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ। अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ।’

उनले उक्त बैठकमा पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरूसँग एकताका लागि पहल जारी राख्ने पनि बताए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरे। यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गाएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

सो पार्टीले असोज २५ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । एकताबारे छलफल गर्न एकीकृत समाजवादीले असोजको अन्तिम हप्ता केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार