काठमाडौँ, २० असोज २०८२।
धादिङमा गएराती एक युवाले आफ्नै आमाको ह’त्या गरेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५ थापाकटेरीमा ५४ वर्षीय राममाया कँडेलको आफ्नै छोराले ह’त्या गरेका हुन्।
३० वर्षीय छोरा यमबहादुर कँडेलले धा’रिलो हति*यार प्रहार गरी आफ्नै आमा राममाया कँडेलको ह*त्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको जनाएको छ ।
कंडेललाई प’क्राउ गरि जिल्ला प्रहरी कार्यालय धादिङ ल्याईएको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।