धादिङस्थित ज्यामिरेघाटको पहिरो हटाइयो : नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन शुरु

धादिङस्थित ज्यामिरेघाटको पहिरो हटाइयो : नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 3.7K
    Shares

काठमाडौँ, १९ असोज २०८२।
काठमाडौँको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन थालिएको छ । वर्षा रोकिएसँगै नागढुंगाबाट पहिलो चरणमा एकसय वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।

यसैबीच प्राप्त जानकारी अनुसार , अहिले मौसम खुलेको छ । ज्यामिरेघाटको पहिरो हटाएपछि अहिले मुग्लिङ – नागढुंगा , मुग्लिङ – पोखरा र मुग्लिङ – नारायणघाट सडकमा पहिरोको अवरोध हटेको छ । कहि कतै सडक एकतर्फी छ । तर अर्को सुचना न आउनजेल सम्मको लागि सवारीसाधनलाई सेफ साइड होल्ड मा राखिएको कारण सडकमा सवारीसाधन चलेका छैनन।

प्रतिक्रिया