लाङटाङ घुम्न गएका भक्तपुरका चार जना युवालाई रसुवामा खोल्साले बगायो

लाङटाङ घुम्न गएका भक्तपुरका चार जना युवालाई रसुवामा खोल्साले बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 4.1K
    Shares

पोखरा, १९ असोज २०८२।

लाङटाङ घुम्न गएका चार जना युवालाई रसुवामा खोल्साले बगाएको छ ।

लाङटाङ घुम्न गएका भक्तपुर ठिमी नगरपालिकाका १६ जना युवाहरुमध्ये चार जनालाई रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएको हो।

गोसाईंकुण्ड ५ ब्याम्बोस्थित होटेलमा बास बसेका उनीहरु मध्ये संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर–१०) लाई लाङटाङतर्फ जाने क्रममा बेरिङ खोल्साले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए।

खोल्सा तर्ने क्रममा उनीहरुसंगै आठ जनालाई खोलाले बगाएकोमा चार जना सम्पर्कमा आएका छन् भने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर–१०) अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक शाहका अनुसार लगातारको वर्षाले खोला बढेको कारण एकैपटक सबै जना तर्न नसकी पालैपालो खोला पार गर्ने क्रममा दुर्घटना भएको हो।

आफ्ना चार जना साथीहरुलाई बेरिङ खोल्साले बगाएको टोलीमा रहेका अन्य सदस्यले जानकारी गराए पनि सडक यातायात नभएकाले खोजी कार्यमा ढिलाई भइरहेको बताइएको छ।

प्रतिक्रिया