जवाङ खोला सडक खुल्यो : काठमाण्डौ नछाड्न नागढुंगामा ट्राफिक प्रहरीको अनुरोध

जवाङ खोला सडक खुल्यो : काठमाण्डौ नछाड्न नागढुंगामा ट्राफिक प्रहरीको अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ असोज २०८२
  • 4.2K
    Shares

पोखरा, १८ असोज २०८२।


पहिरोकोकारण अवरुद्ध बनेको मुग्लिन-नागढुङ्गा सडक खुलेको छ। जवाङखोलामा आएको पहिरो पन्छएपछि नागढुङ्गा-मुग्लिन सडक खुलेको छ।

यस अघि तुइनखोला पुलनजिक खसेको पहिरो हटाए पछि मुग्लिन-नारायणगढ सडक पनि दुईतर्फ़ॆ सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुर्ले जानकारी दिएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार , काठमाण्डौ छिर्ने प्रमुख नाका नागढुङ्गामा ट्राफिक प्रहरीले माइकिङ गरेर काठमाण्डौ छाड्न चाहने सवारी साधनहरुलाई काठमाण्डौमै फर्किएर सुरक्षित रुपमा बस्न माइकिङ् गरिरहेको छ। माइकिङका क्रममा ट्राफिक प्रहरीले धादिङका विभिन्न स्थानहरुमा भारी वर्षा भैरहेको र पहिरो खस्ने क्रम पनि चलिरहेकाले बीच बाटोमै पुगेर फर्किन सक्ने अवस्था नरहेको र सरकारका तर्फबाट उद्धार गर्न सक्ने अवस्था पनि नरहेको जानाकारी दिएको छ।

प्रतिक्रिया