पोखरा, १८ असोज २०८२।
चितवनको नारायणघाट-मुग्लिन सडक खण्डको तुइनखोला खण्ड दुईतर्फ़ी संचालनमा आएको छ भने मुग्लिन-नागढुङ्गा सडक खण्डको जवाङखोलामा आएको पहिरो हटाउने कार्य जारी रहेको छ।
तुइनखोलामा आएको पहिरो हटाए पछि उक्त सडक दुईतर्फ़ी संचालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। साथै सडक डिभिजन भरतपुरले उक्त क्षेत्रमा हाल वर्षा भैरहेको यस खण्डमा पहिरोको उच्च जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नुहुन त् यात्रा गर्नुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्नु अनुराेध गरेको छ ।