पोखरा, १७ असोज २०८२।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि भएको झडप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठा क्षेत्रम अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा क्षेत्र अन्तरगत पर्ने पूर्व तर्फ लोहना जाने बाटो, पश्चिम तर्फको बसहिया जाने बाटो, उत्तर तर्फ बाबा पेट्रोल पम्प (सिक्सलाइन) र दक्षिण तर्फ गंगुली पुलभित्रको एरियामा कर्फ्यु आदेश जारी गरेको प्राप्त समाचारमा जनाइएको छ।
यस अघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो। प्रहरीले उक्त झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको थियो।
झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन्।
