नेपालगन्जमा हावाहुरीले ढलायो, रावणको प्रतिमा

नेपालगन्जमा हावाहुरीले ढलायो, रावणको प्रतिमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ असोज २०८२
  • 3.8K
    Shares

पोखरा , १६ असोज २०८२
नेपालगन्जमा गएराती आएको भारी वर्षा र हावा हुरीले आज बिसर्जन गर्न तयार गरिएको रावणको प्रतिमा ढलेको छ।

आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने गर्छ । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।

वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ ।

विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ ।

दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गर्र्नुभएको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ ।

प्रतिक्रिया