रोमानियाको एक होटलमा भएको आगलागीमा परेर दुई नेपाली महिलाको मृत्यु

रोमानियाको एक होटलमा भएको आगलागीमा परेर दुई नेपाली महिलाको मृत्यु


  • एजेन्सीहरु
  • मंगलबार, १४ असोज २०८२
  • 10.9K
    Shares

पोखरा १४ असोज २०८२ ।

रोमानियाको एक होटलमा भएको आगलागीमा परेर दुई नेपाली महिलाको मृत्यु भएको छ।

रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटर टाढाको प्रहोभा शहरस्थित होटल डालेमा सोमबार भएको आगलागीमा परेर दुई नेपाली महिलाको मृत्यु भएको हो ।

उक्त आगलागीमा परेर सोहि होटलमा कार्यरत २१ वर्षकी राई र २४ वर्षकी तामाङ थरका दुई नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले जानकारी दिएको समाचार स्रोतहरुले जनाकारी दिएका छन्। उनीहरुको होटलको माथिल्लो तलामा सुतेको अबस्थामा मृत्यु भएको बताइएको छ।

सोही आगलागीमा परेर घाइते अर्की एक महिलाको उपचार भैरहेको र होटल बाहिर सुतेका अर्को एक जना सकुशल रहेका प्राप्त समाचारमा जनाइएको छ।

अग्नि सुरक्षा सम्बन्धी अनियमितताकाकारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ।

प्रतिक्रिया