सिन्धुलीस्थित सुनकोसी नदीमा गाडी खस्यो : १३ जना घाइते (पुरा विवरणसहित)

सिन्धुलीस्थित सुनकोसी नदीमा गाडी खस्यो : १३ जना घाइते (पुरा विवरणसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 3.3K
    Shares

पोखरा १३ असोज २०८२ ।

काठमाडौंबाट आएको वा२०च ९३१ नम्बरको गाडी सिन्धुलीको सुनकोसी गाउँपालिका ६ भालुखोला मरिन डाइभर्सन नजिक सुनकोसी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा १३ जना घाइते भएका छन्।

उक्त दुर्घटनामा घाइते भएका यात्रीहरुको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। खुर्कोटबाट प्रहरी निरिक्षकसहितको कमाण्डमा टोली र शसस्त्र को गोताखोर टोली समेत उद्दारमा खटिरहेको प्रहरीले जनाएको छ।

सुनकोसी नदिमा गाडि खस्यो, घाइतेहरूको सूची सार्वजनिक:
१) जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं. ०४ बस्ने बर्ष २० मालती खुलालको छाती र पछाडी ढाँडमा चोट (अवस्था सामान्य)
२) ऐ.ऐ. बस्ने बर्ष १७ को भोज बहादुर थापा मगरको निधार , आँखा र टाँउकोमा चोट (अवस्था मध्यम)
३) ऐ.ऐ. बस्ने बर्ष २३ को प्रेम मगरको टाँउकोमा घाँउ चोट (अवस्था गम्भिर)
४) ऐ.ऐ. बस्ने बर्ष २२ को जम्पा खुलाल मगरको निधारमा चोट (अवस्था सामान्य)
५) ऐ.ऐ. बस्ने बर्ष ११ को सुसन मगरको निधारमा चोट (अवस्था मध्यम)
६) ऐ.ऐ. बस्ने केदार थापा मगरको छातिमा चोट (अवस्था मध्यम)
७) ऐ.ऐ. बस्ने बर्ष २० को रोजिना थापा मगरको छातिमा चोट (अवस्था मध्यम) ८) ऐ.ऐ. बस्ने बर्ष २२ को ज्ञानेन्द्र मगरको टाँउकोमा चोट छातीमा चोट (अवस्था सामान्य)
९) ऐ.ऐ. बस्ने बर्ष ३५ को तारा बहादुर खुलालको नाक बाँया कम्मर र छातिमा चोट (अवस्था मध्यम)
१०) ऐ.ऐ. बस्ने बर्ष ८ को नितेश मगरको (अवस्था सामान्य)
११) ऐ.ऐ. बस्ने बर्ष २२ को रोश्मी मगरको (अवस्था सामान्य)
१२) ऐ.ऐ. बस्ने बर्ष २५ को ओम आले मगरको छाती र ढाँडमा चोट (अवस्था सामान्य)
१३) ऐ.ऐ. बस्ने बर्ष २६ को ओम बहादुर रानाको (चालक) दुबै खुट्टाको घुडामा सामान्य चोट (अवस्था सामान्य)

प्रतिक्रिया