नेपाल प्रहरीमा चार डिआइजीहरुको एआइजीका लागि सिफारिस

नेपाल प्रहरीमा चार डिआइजीहरुको एआइजीका लागि सिफारिस


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 4K
    Shares

पोखरा १३ असोज २०८२ ।

नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

जसमा पहिलो नम्बरमा सुशिलसिंह राठौर, दोस्रो नम्बरमा उमाप्रसाद चर्तुवेदी, तेस्रो नम्बरमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर बिक सिफारिस भएका हुन् ।

राठौर प्रशासन विभाग अन्तरगत रहेको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन् भने चर्तुवेदी मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । यस्तै श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने बिक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले एआइजी नियुक्त गर्नेछ ।

प्रतिक्रिया