पोखरा १० असोज २०८२ ।
हारा क्लब पोखराद्वारा संचालित यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक सम्मानित भएका छन्।
सहारा क्लब पाेखराकाे २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशन अवसरमा आज आयाेजित समाराेहमा प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन्। पुरस्कारको राशी नगद रु. २५ हजार पाँचसय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ।
क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई साे पुरस्कार दिने निर्णय गरेकाे थियाे । यस अघि उक्त पुरस्कारबाट १९ जना पत्रकार सम्मानित भैसकेका छन्।
ओै पत्रकार हुन् ।…