पोखरा, १० असोज २०८२ ।
५४ घण्टापछि मुग्लिङ-नारायणगढ सडक खुलेको छ।
तुइनखाेलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको हो ।
सडक डिभिजन भरतपुरले भर्खरै सूचना जारी गरी सडक दुवैतर्फ सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको जानकारी दिएको हो।
सडक डिभिजनको सूचनामा , ‘मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखाेलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाई यातायात आवागमन दुईतर्फी सञ्चालनमा आएको सहर्ष जानकारी गराउँछाैँ।’भनिएको छ।
मिति २०८२/०६/०९ गते । समय बेलुकी १०:३५ बजे ।मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिकै खसेको पहिरो पुर्ण रूपमा हटाई यातायात आवागमन दुईतर्फि संचालनमा आएको सहर्ष जानकारी गराउँछाैं । पहिरो हटाउनकाे लागि डिभिजनबाट डिभिजन प्रमुखज्युकाे निर्देशनमा ईन्जिनियर लगायत सब ईन्जिनियर, लेखा, प्रशासन, मेशिन अपरेटर सुपरभाइजरहरू लगायति निरन्तर रूपमा सम्बन्धित स्थलमा खटिनुभई छिटोभन्दा छिटो सडक आवागमन संचालनमा ल्याउने प्रयास सफल भएकाे छ ।
हेर्नुहोस् सडक खुलेको भिडिओ-