पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वामा गोली चल्यो : एक जना घाइते

पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वामा गोली चल्यो : एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ असोज २०८२
  • 4.3K
    Shares

बीरगन्जमा गोली लागेर घाइते भएका गोलु आलम धुनिया,

पोखरा, ९ असोज २०८२ ।

पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वामा बिहीबार साँझ दुई समूहबीच भएको बिबादमा गोली चल्दा एक जना घाइते भएका छन्।

छिपहरमाई गाउँपालिका–५, भिस्वास्थित गाउँपालिका कार्यालय पछाडिको सडकमा गोली चल्दा एक जना घाइते भएका हुन्।

उक्त झडपमा छिपहरमाई गाउँपालिका–५, भिस्वाका बासिन्दा अन्दाजी १६ वर्षीय गोलु आलम धुनिया घाइते भएका प्रहरीले जानकारी दिएको छ। उनको तिघ्रामा गोली लागेको र हाल नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

घाइते गोलु आलम धुनियाको खतरामुक्त रहेको बताइएको छ। गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार