काठमाडौंको ट्राफिक महाशाखाबाट लुटिएका दुई थान पेस्तोल कैलालीमा भेटिए : चार जना युवा पक्राउ

काठमाडौंको ट्राफिक महाशाखाबाट लुटिएका दुई थान पेस्तोल कैलालीमा भेटिए : चार जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 5.4K
    Shares

इलाका प्रहरी कार्यालय मालाखेती

पोखरा,८ असोज २०८२।

जेन जी आन्दोलनका क्रममा काठमाडौंमा लुटिएका दुई थान पेस्तोल र २८ राउन्ड गोलीसहित चार युवकलाई प्रहरीले कैलालीमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले मंगलबार गौरीगंगा नगरपालिका–६, चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा गौरीगंगा–१ का १९ वर्षीय समीर खड्का, १९ वर्षीय आभाष चन्द, गौरीगंगा–३ का २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए। उनीहरुको साथबाट टाईप–५४ र रिभल्भर गरी दुई थान पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको डिएसपी चन्दले बताए।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले जेनजी आन्दोलनकै क्रममा काठमाडौंस्थित ट्राफिक महाशाखा, बग्गीखानाबाट ती हतियार लुटेको स्वीकार गरेका छन्।

प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि अपराध महाशाखा काठमाडौं पठाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार