फेरिए तीन जना सचिव : जेन जी आन्दोलन दमन गरेको आरोप लागेका दुवाडी राष्ट्रिय योजना आयोगमा सरुवा

फेरिए तीन जना सचिव : जेन जी आन्दोलन दमन गरेको आरोप लागेका दुवाडी राष्ट्रिय योजना आयोगमा सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 4.6K
    Shares

क्रमशः सुमनराज अर्याल, रामेश्वर दंगाल र गोकर्णमणि दुवाडी।

पोखरा, ७ असोज २०८२।

मन्त्रीपरिषद् बैठकले तीन जना सचिवहरु सरुवा गरेको समाचार तीन दिन पछि सार्वजनिक भएको छ।

जेन जी आन्दोलन दमन सम्बन्धि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति लगायत विभिन्न निर्णयहरु गरिएको आइतबारको बैठकको निर्णय भन्दै आज तीन जना सचिवहरुको सरुवा भएको समाचारहरु सार्वजनिक भएको हो।

मन्त्रिपरिषद्को सोही बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गर्ने निर्णय गरेको थियो

गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृह सचिवको जिम्मेवारी यसअघि रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगालले पाएका छन्। रक्षा मन्त्रालयमा योजना आयोगबाट सुमनराज अर्याललाई ल्याइएको छ।

गृहसचिव गोकर्णमणि दुवाडीलाई जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेको छ। रक्षाबाट गृह सचिव बनेका दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार