पोखरा, ५ असोज २०८२।
मुग्लिन-नारायाणगढ सडक आज राती नौबजेदेखि भोलि बिहानसम्म बन्द हुने भएको छ।
पहिराेकाे जाेखिम भएकाेकारण आज राति ९ बजेदेखि सबै किसिमकाे सवारी साधनलाई मुग्लिङ-नारायणगढ सडक खण्डमा प्रवेशमा रोक लगाइएको हो।
यसअघि आज अपरान्ह सवा ४ बजेदेखि पहिरोले ४५ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको थियो ।
शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।
सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ ।