नख्खु कारागारबाट भागेका कैदीले घरमा श्रीमतीको हत्या गरेर भागे

नख्खु कारागारबाट भागेका कैदीले घरमा श्रीमतीको हत्या गरेर भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ असोज २०८२
  • 5K
    Shares

पोखरा, ५ असोज २०८२।

जेन जी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट भागेका एक बन्दीले घरमा रहेकी श्रीमतीको हत्या गरेर फेरि भागेका छन्।

गएको भदौ २४ गते नक्खु कारागारबाट भागेका काभ्रेको पनौती नगरपालिका १२ गागलका सन्तबहादुर तामाङले घरमा गइ आफ्नी अन्दाजी ३० वर्षीया मनीषा घेवा तामाङको हत्या गरेर भागेका हुन्।

मनीषा घेवा तामाङको शब घर नजिकै बारीमा पुरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।

तीन दिनदेखि हराई रहेकी मनीषाको चप्पल बाहिर देखे पछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको र प्रहरीले आइ खाडल खनेर हेर्दा मनीषाको शब् भेटिएको पनौती १२ का वडाध्यक्ष जयराम केसीले बताए। सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन्।

यसअघि बलात्कारको आरोपमा चार वर्षदेखि नक्खू कारागारमा रहेका सन्तबहादुर तामाङ अहिले बेपत्ता छन्। उनी अझै कारागारमा नफर्किएको प्रहरीले बताएको छ। म

प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी शाहले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार