बुटवलस्थित प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवान चौधरी मृत भेटिए

बुटवलस्थित प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवान चौधरी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ असोज २०८२
  • 7.5K
    Shares

पोखरा, ५ असोज २०८२।

रुपन्देहीको बुटवलस्थित प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान २४ वर्षीय श्याम चौधरी शनिबार मृत भेटिएका छन्। प्रहरी जवान चौधरी तालिम केन्द्रको उत्तर–पूर्वी भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बाँके राप्तिसोनारी गाउँपालिका–३ का बासिन्दा चौधरीले शुक्रबार राति ड्युटी गरेका थिए। उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए र तालिम केन्द्रमै प्रशिक्षकको रूपमा कार्यरत थिए। शव पोस्टमर्टमपछि परिवारलाई बुझाइएको प्रहरीले प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार