दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत एक लाख रुपैयाँ घुससहित पक्राउ

दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत एक लाख रुपैयाँ घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ असोज २०८२
  • 5.1K
    Shares

पोखरा, ३ असोज २०८२।

दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार राति वीरेन्द्रनगरबाट एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले

बरिष्ठ लेखा अधिकृत कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले जानकारी दिए। घुस सहित पक्राउ परेका सातौ तहका बरिष्ठ लेखा अधिकृत कार्कीबिरुद्ध अख्तियारले थप अनुसन्धान गरिरहेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार