मेयर बालेन शाहको महोत्तरीस्थित घरमा भएको तोडफोडको भिडियो सार्वजनिक गर्दै एमाले नेता महेश बस्नेतले दिए खतराको संकेत

मेयर बालेन शाहको महोत्तरीस्थित घरमा भएको तोडफोडको भिडियो सार्वजनिक गर्दै एमाले नेता महेश बस्नेतले दिए खतराको संकेत


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ असोज २०८२
  • 9K
    Shares

पोखरा, २ असोज २०८२।


काठमाण्डौ महानगरका मेयर बालेन शाहको महोत्तरीस्थित घरमा भएको तोडफोडको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै एमाले नेता महेश बस्नेतले देश दीर्घकालीन द्वन्द्वतिर धकेलिने खतरा भएको संकेत गरेका छन्।

एमाले नेता बस्नेतले सार्वजनिक गरेको भिडियोमा लाठी मुङ्ग्रो बोकेका केही मानिसहरुले मेयर शाहको घरमा तोडफोड गर्नुका साथै ढुङ्गामुडा गरेको स्पस्ट देखिन्छ। त्यति मात्र हैन, उनीहरुले दुर्वाच्य पनि बोलिरहेका छन्।

नेता बस्नेतले आफ्नो फेसबुक स्टाटसमा “महोत्तरीमा बालेन शाहको घरमा तोडफोड भएछ्। राजनीतिक स्वार्थका नाममा हिंसा आगजनी र तोडफोडलाई वैधानिकताको खतरनाक निरन्तरता हो।” भनेका छन्।

उनले अघि थपेका छन्,” बालेनजी र उहाँहरु जस्तै साथीहरुले उस्काएर सुरु भएको यो प्रवृत्ति बढ्दै गयो भने देश दीर्घकालीन द्वन्द्वतिर धकेलिने खतरा छ।”

जेन जी आन्दोलनमा क्षति भएका हजारौं पीडितहरूले बदलाको भावना बोके भने त्यसले हाम्रो समाजलाई झन् विभाजित बनाउने कुरा गर्दै उनले बदलाभन्दा कानूनी कारबाही र न्यायको बाटो अपनाउनु पर्ने तर्क अघि सारेका छन्।

उनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीसंग चार वटा माग राखेका छन्। एमाले नेता महेश बस्नेतले, “अपराधी जस्तोसुकै शक्तिशाली किन नहोस्, कठोर कारबाही हुनुपर्ने , अपराध गर्न उस्काउने ठूलो आफूलाई सभ्य र सेलिब्रिटी भन्ने समूहहरुलाई पनि निर्ममताका साथ कारबाहीको दायरामा ल्याउनुपर्ने , पीडितलाई क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने र पुनर्निर्माण र शान्ति–स्थायित्वमा सबै दल र नागरिक मिलेर अगाडि बढ्नुपर्ने” भनेका छन्। पर्छ।

आफ्नो स्टाटसको अन्त्यमा “हिंसा रोकौं, अपराधीलाई दण्डित गरौं, र राष्ट्रिय एकतालाई जोगाऔं। यही मार्गले मात्र देशको भविष्य सुरक्षित हुन्छ।” भनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260