पोखरा, १ असोज २०८२ ।
काठमान्डौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।
शरीर पूरै जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रबक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। तर उक्त शबको पहिचान हुन सकेको छैन ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।
योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको सङ्ख्या ७४ पुगेको छ ।