पोखरा, ३० भदौ २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन जी आन्दोलनका क्रममा
तोडफोड र आगजनीमा संलग्न पार्टीका दुई वडा सभापतिमाथि कारबाही तोडफोड र आगजनीमा संलग्न भएको भन्दै दुई वडा सभापतिहरुलाई कारबाही गरेको छ ।
रास्वपाका कास्कीस्थित मादी-६ का वडा सभापति भोजराज पौडेल र पोखरा-१० का सभापति चन्द्रबहादुर थापालाई निलम्बन गरिएको रास्वपा गण्डकी अन्तरगतको अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले जानकारी दिए।
अनुशासन आयोग प्रमुख केसीले आज एक प्रेस बिज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार , उनीहरुले गरेको गलत गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै अर्को निर्णय नहुन्जेल निलम्बन गरिएको छ।
स्मरण रहोस, नेकपा एमालेका नेता एबम गण्डकी प्रदेश सभाका सदस्य बेद बहादुर गुरुङ ‘श्याम’ले आफ्नो फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै “जेन जेट आन्दोलनको नाममा पोखराको सिचाई डिभिजन कार्यलय र आफ्नो घर तोडफोड र सामन चोर्ने कामको नेतृत्व रास्वपा मादी ६ का संयोजक भोजराज पौडेलले गरेको” बताएका छन् ।