पोखराको पृथ्वीचोकमा फेरि शहिद लखन थापाको शालिक पुनर्स्थापित

पोखराको पृथ्वीचोकमा फेरि शहिद लखन थापाको शालिक पुनर्स्थापित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० भाद्र २०८२
  • 9.2K
    Shares

पोखरा, २९ भदौ २०८२।

पोखराको पृथ्वीचोकमा गएराती फेरि शहिद लखन थापाको शालिक पुनर्स्थापित गरिएको छ।

झमझम पानि परिरहेकै अवस्थामा एउटा गाडीमा हालेर ल्याइएको शहिद लखन थापाको शालिक आइतबार राती करीब आठ बजे पुनर्स्थापित गरिएको छ।

जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते दिउसो उक्त शालिक सोही ठाउँबाट हटाइएको थियो।

आइतबार राती शहिद लखन थापाको शालिक पुनर्स्थापित गर्दै प्रदर्शनकारीहरुले नेपालका प्रथम शहिद लखन थापालाई सबैले मान्नु पर्ने तर्क राख्दै जुनसुकै बहानामा त्यस स्थानबाट शहिद लखन थापाको शालिक हटाउन नहुने जिकिर गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार