नेपाली कांग्रेस पर्वतका प्रबक्ता तिवारी वडा कार्यालयबाटै पक्राउ

नेपाली कांग्रेस पर्वतका प्रबक्ता तिवारी वडा कार्यालयबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 11.8K
    Shares

पोखरा, २९ भदौ २०८२।

पर्वतको फलेबास नगरपालिका-४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारी पक्राउ परेका छन् ।

जेन–जी प्रदर्शनकारीलाई उक्साउने गरी स्टाटस लेखेको आरोपमा वडाध्यक्ष तिवारी आइतबार वडा कार्यालयबाटै पक्राउ परेका हुन्।

नेपाली कांग्रेस पर्वतका प्रवक्तासमेत रहेका वडाध्यक्ष तिवारीबिरुद्ध विद्युत्तीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए ।

वडाध्यक्ष तिवारीले स्टाटसमा डिएसपीको नामै तोकेर जेनजीले कारबाही गर्नुपर्ने उल्लेख गरेका थिए । उनले आफ्नो स्टाटसमा ‘फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाही गरी पाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपी रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यी भ्रष्टलाई समेत जेनजीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको छु। प्रहरीले कारबाही नगर्ने भएपछि ?’, लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार