जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो : शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो : शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 4.9K
    Shares

पोखरा, २९ भदौ २०८२।
जेन जी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएको घटनामा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो।

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ । घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार