पोखरा, २९ भदौ २०८२।
जेन जी आन्दोलनका क्रममा कास्की र तनहुँस्थित कारागारबाट भागेका ३० जना बन्दीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेर तनहुँ जिल्ला कारागारलाई बुझाएको छ।
कास्की र तनहुँस्थित कारागारबाट भागेर लमजुङ जिल्लाका विभिन्न स्थानहरुमा पुगेका ३० जना बन्दीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङ र मातहतका युनिटमा खटिएका प्रहरीले पक्राउ गरेको थियो।
तनहुँ जिल्ला कारागारलाई कर्तव्य ज्यान मुद्दाका पांच, ज्यान मार्ने उद्योगका नौ, जवरजस्ती करणीका ६, लागू औषध मुद्दाका पांच, डाँकाचोरीका १२ र बालबिवाहका एकसमेत ३० जना बन्दीहरु बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय लमजुङले देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दीहरु/बालबिज्याईकर्ताहरुलाई अविलम्ब आफु बसेको कारागार, कार्यालय/बालसुधार गृहको सम्पर्कमा जान अनुरोध गर्दै यदि सम्बन्धित कार्यालयमा सम्पर्कमा नगएमा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिईने चेतावनी दिएको छ । साथै फरार भएका कैदीबन्दीहरू आफ्नो छरछिमेकमा आएको जानकारी पाएमा प्रहरीलाई सूचना दिन पनि जिल्ला प्रहरी कार्यालय लमजुङले अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको नाम गोप्य राखिने पनि प्रहरीले जानकारी दिएको छ।
सुचनाको लागि सम्पर्क नं १००, 9856090303, 9856083333