पोखरा, २९ भदौ २०८२।
अघोषित नजरबन्दमा रहेका निवर्तमान मन्त्री परिषदका सदस्यहरुलाई नेपाली सेनाले क्रमश: छाड्न शुरु गरेको छ।
जेन जी आन्दोलनसंगै नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारका मन्त्रीहरु र पार्टी प्रमुखहरुलाई नेपाली सेनाले सुरक्षार्थ ब्यारेकमा राखेको बताइएको थियो।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यसमध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले शनिबार छोडेको छ ।
सुरक्षाका लागि भनेर सेनाले ब्यारेकमा राखेकाहरूलाई मोबाइल चलाउन रोक लगाएको थियो। तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो । शनिबारबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।