पोखरा, २८ भदौ २०८२ ।
जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भए पश्चात अवरुद्ध भएको पोखरा महानगरपालिकाको सेवा आगामी असोज १ गतेदेखि सुचारु हुने भएको छ।
महानगरपालिकाको आज बसेको नगर कार्यपालिका बैठकले आगामी असोज १ गतेदेखि सम्पूर्ण सेवा सुचारु गर्ने निर्णय गरेको हो।
महानगरका प्रबक्ता मोतिराज तिमिल्ल्सिनाले आज एक प्रेस बिज्ञप्ति जारी गरेर पोखरा महानगरपालिकाले आगामी असोज १ गतेदेखि सुचारु हुने जानकारी दिएका छन्। उनले जारी गरेको बिज्ञप्तिमा, “Gen Z आन्दोलनका क्रममा महानगरपालिका र यस अन्तर्गतका वडा कार्यालयहरुमा भौतिक संरचना र जिन्सी सामग्रीहरुको क्षति तथा आन्दोलनले उत्पन्न गरेको असामान्य परिस्थितिका कारण महानगरपालिका तथा अन्तर्गतका वडाहरुबाट प्रवाह गरिने अत्यावश्यक (स्वास्थ्य, दमकल, फोहोरमैला, विपद्) बाहेकका सेवाहरु तथा सबै विद्यालयहरु अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएकोमा मिति २०८२/०६/०१ गतेदेखि सूचारु गर्ने मिति २०८२/०५/२८ गतेको नगर कार्यपालिका बैठकको निर्णयानुसार यो सूचना जारी गरिएको व्यहोरा अनुरोध छ ।। भनिएको छ।
