घोषित मितिमा चुनाब सम्पन्न गर्न सहयोग गरिदिन राजनीतिक दलहरुलाई राष्ट्रपति पौडेलको आव्हान

घोषित मितिमा चुनाब सम्पन्न गर्न सहयोग गरिदिन राजनीतिक दलहरुलाई राष्ट्रपति पौडेलको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ भाद्र २०८२
  • 3.8K
    Shares

पोखरा, २८ भदौ २०८२।

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरुलाई आउने फागुन २१ गते घोषित चुनाब सम्पन्न गर्न सहयोग गरिदिन आव्हान गरेका छन्।

नेपाली कांग्रेस लगायतका विभिन्न आठ वटा प्रमुख राजनीतिक दलहरुले आज संयुक्त प्रेस बिज्ञप्ति जारी गरेर विघटित संसद पुनर्स्थापना गरेर संसद बैठक बोलाउन माग गरेको अवस्थामा राष्ट्रपति पौडेलले राजनीतिक दलहरुलाई आउने फागुन २१ गते घोषित चुनाब सम्पन्न गर्न सहयोग गरिदिन आव्हान गरेका हुन्।

विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको जिकिर गर्दै उनले आज जारी गरेको प्रेस बिज्ञप्तिमा अघि भनेका छन्, ‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।’

शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्।

पौडेलले सम्हालिदै आगामी चुनावमा सहयोग गर्न अपिल समेत गरेका छन्। ‘तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार