पोखरा, २८ भदौ २०८२ ।
जेन–जीको आन्दोलनका कारण बन्द रहेका पोखरा महानगरभित्रका विद्यालय अब आउने असोज १ देखि संचालन हुने भएका छन्।
पोखरा महानगरपालिका अन्तरगतको शिक्षा महाशाखाको शनिबार बसेको बैठकले असोज १ गतेदेखि महानगरभित्रका बिद्यालयहरु संचालन गर्ने निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

यता कास्की जिल्लाभरका निजी विद्यालयमा भदौ ३० गतेबाट पढाइ हुने भएको छ । मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन अध्यक्ष हेमन्त अधिकारी, प्याब्सन अध्यक्ष षडानन्द गौतमले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको हो ।
जेन जी आन्दोलनका कारण कास्कीसहित देशभरका विद्यालयमा पढाइ ठप्प छ । जिल्ला प्रशासन कार्यालय कास्की द्वारा जारी गरीएको निषेधाज्ञा हटाइएको, यातायात आवत जावत, बजार सबै सामान्य अबस्थामा आइसकेकाले सोमबारबाट पढाइ थाल्ने निर्णय गरिएको प्याब्सन अध्यक्ष षढानन्द गौतमले जानकारी दिए ।
सरकारी विद्यालय भने असोज १ गतेबाट सञ्चालन गर्ने पोखरा महानगरले निर्णय गरेको छ ।