काठमाडौँ, २८ भदौ २०८२।
पूर्व प्रधानन्यायाधिश सुशिला कार्की आफुले प्रधानमन्त्री पदको सपथ लिएको लगत्तै मन्त्री परिषद बैठक बसेर संसद बिघटन गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेपाल बार एशोसिएशनले बिरोध जनाएका छन्।
नेकपा (माओवादी केन्द्र) का प्रबक्ता अग्नि सापकोटाले शुक्रबार साँझ एक प्रेस बिज्ञप्ति निकालेर संसद विघटनप्रति असहमति जनाएका छन् ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू)को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो। बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ।’
यता कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले केहीबेरअघिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ ।
विकसित घटनाक्रमहरूलाई नजिकबाट निकालिरहेको बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनासाथ तत्काल विरोधसहित विज्ञप्ति निकालेको हो । बारले उक्त निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि समेत प्रहार भएको निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा विघटनको निर्णयले लामो र कठिन संघर्षपछिको नेपाली लोकतन्त्रलाई कमजोर बनाएको र संघीयताको उपलब्धि खोज्ने प्रयास गरेको टिप्पणी गरेको छ । बारले विज्ञप्तिमा भनेको छ, ‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनर्स्थापना सम्बन्धी निर्णय विपरीत समेत छ ।’
अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारको विश्लेषण छ । कुनै पनि बाहनामा हुने पञ्चगामी कदमलाई आफूले अस्विकरा गर्ने भन्दै बारले त्यसविरुद्ध आफूले गर्ने विरोध र चाल्ने कदममा साथ दिन सबैलाई आग्रह गरेको छ ।
बार अध्यक्ष डा. विजय प्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विघटनको निर्णयको विरोध गरेका हुन् ।