पोखरा, २७ भदौ २०८२।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ४२ औं प्रधानमन्त्रीका रुपमा आज पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीलाई सपथ गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका हुन्।
सपथ गराए लगत्तै रास्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिंदै देश बचाउन शुभकामना दिएका थिए ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ।
