धरानको भाटभटेनीभित्र भेटियो जलेको शव, अझै दुई जना बेपत्ता

धरानको भाटभटेनीभित्र भेटियो जलेको शव, अझै दुई जना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ भाद्र २०८२
  • 4.4K
    Shares

पोखरा, २७ भदौ २०८२।

सुनसरीको धरानमा रहेको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटिएको छ। स्थानीय जनताको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिने क्रममा आगलागी भएको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटिएको हो ।

शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ। कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन।
शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार