जेन जी समूहको आयो यस्तो कडा चेतावनी : सामाजिक सञ्जालमा भयो भाइरल

जेन जी समूहको आयो यस्तो कडा चेतावनी : सामाजिक सञ्जालमा भयो भाइरल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ भाद्र २०८२
  • 6.7K
    Shares

पोखरा, २७ भदौ २०८२।

सरकारसंग वार्तामा बसेको तेश्रो पुस्ता अर्थात जेन जीका प्रतिनिधिहरुले आज मध्यान्ह कव बजेसम्म सरकार गठनका बारेमा हुनु पर्ने चेतावनी दिएको छ। उक्त चेतावनीसहितको एक भिडियो सामाग्री यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ।

जेन जीका नेताहरुको बैठक जस्तो देखिएको उक्त भिडियोमा एक नेताले सुरक्षा निकायका कुनै अधिकारीसंग मोबाइलमा कुराकानी गरिरहेका छन्। सो कुराकानीका क्रममा जेन जीका नेताले आज दिउसो मध्यान्ह १२ बजेसम्म निर्णय नआएमा राष्ट्रपति कार्यालय घेर्ने र आफुले नै राष्ट्रपति रामचन्द्र पौडेललाई थुतेर बाहिर निकाल्ने चेतावनी दिएका छन्।
अहिलेसम्म जेन जीका २० जना प्रतिनिधिहरु शहिद भएको स्मरण गराउंदै यदि आज दिउसो १२ बजेसम्म निर्णय नभए आफूहरु गोली गोली खान तयार रहेको जानकारी गराएका छन्।

त्यस कुराकानीका क्रममा अन्तरिम प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीकोनाममा सहमति भएको प्रस्ट सुनिएको छ।
गएराती भएको वार्तामा जेन जीका प्रतिनिधिहरुले बिघटन हुनु पर्ने माग नछाडे पछि वार्ता भएको समाचारहरु सार्वजनिक भएका छन्।
mp4=”https://www.janasanchar.com/wp-content/uploads/2025/09/ZEN-Z-meeting.mp4″][/video]

प्रतिक्रिया
सम्बन्धित समाचार