पोखरा महानगरपालिकाका र मातहतका वडाहरुमा अत्याआवश्यक – सेवा बाहेकका अन्य सेवा प्रवाह वन्द

पोखरा महानगरपालिकाका र मातहतका वडाहरुमा अत्याआवश्यक – सेवा बाहेकका अन्य सेवा प्रवाह वन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ भाद्र २०८२
  • 4.1K
    Shares

पोखरा, २६ भदौ २०८२।

पोखरा महानगरपालिकाले महानगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुमा अत्याआवश्यक – सेवा बाहेकका अन्य सेवा प्रवाह वन्द गरेको छ।

महानगरपालिकाले आज एक सुचना जारी गरेर महानगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुमा अत्याआवश्यक – सेवा बाहेकका अन्य सेवा प्रवाह वन्द गरिएको घोषणा गरेको हो।

पोखरा महानागरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले हस्ताक्षर गरेर जारी गरेको बिज्ञप्तिमा गएको भदौ २४ गते GEN Z ले गरेको आन्दोलनको क्रममा पोखरा महानगर‌पालिकाको प्रशासनिक
भवन र वडा कार्यालयहरूमा क्षति पुगेको उल्लेख गर्दै तत्पश्चात उत्पन्न विषम परिस्थिति तथा जिल्ला प्रशासन कार्यालय- कास्कीले कर्फ्यू समेत लगाएको अवस्थामा अर्को सूचना जारि नभएसम्म पोखरा महानगरपालिका नगर-कार्यपालिका तथा वडा कार्यालयह‌रू‌बाट अत्याआवश्यक – सेवा बाहेकका अन्य सेवा प्रवाह वन्द रहने भनिएक छ। उक्त बिज्ञप्तिमा अघि भनिएको छ, “सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति पोखरा- महानगरपालिका क्षमा प्रार्थी छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार