पोखरा, २६ भदौ २०८२।
जेनजी आन्दोलनका क्रममा पोखरामा गरिएको आगजनीका क्रममा मृत्य भेटिएका दुई जनाको सनाखत भएको छ।
प्रदर्शनकारीहरुले गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको पोखरा-९, नयाँबजारस्थित घरमा आगलागी गराउने क्रममम मृत भेटिएका दुई जनाको सनाखत भएको हो।
प्रहरीका अनुसार , गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाका छोरा सौगात थापाले पोखरा-६ लेकसाइडमा सन्चालन गरेको अंशुभरा समूहको भवनमा मृत भेटिएकी महिला दैलेख-८, छेत्रपा फेदीकी २७ वर्षीया स्वस्थानी थापा रहेको खुलेको छ। उनी पोखराको एउटा स्पामा काम गर्ने गरेको र सो भवनमा आगलागी हुँदा जलेको प्रहरीको भनाइ छ।
मन्त्री थापाका भाई ध्रुब थापाको पोखरा – ८ नयाँबजार स्थित घरमा संचालित गाडीको शोरुममा मृत भेटिएकी घरेलु कामदार महिला सिन्धुपाल्चोककी सञ्जु नगरकोटीको रहेको कास्की प्रहरीले जानकारी दिएको छ।