रामेछाप कारागारमा सेनाले गोली चलायो : दुई कैदीको मृत्यु, १० जना घाइते

रामेछाप कारागारमा सेनाले गोली चलायो : दुई कैदीको मृत्यु, १० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ भाद्र २०८२
  • 5.8K
    Shares

पोखरा, २६ भदौ २०८२।

रामेछापमा कारागार तोडेर कैदीबन्दी भाग्न खोज्दा सेनाले चलाएको गोली लागेर दुइ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

गोली लागेर एकजना कैदी गम्भीर छन् भने अन्य १० जना घाइते भएको थापाले बताए । नाराबाजीसहित जेल तोडेर बलजफ्ती निस्कन थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलानु परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहको छ । कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार