इटहरी उपमहानगरको मेयर भवनमा आगजनी : सुनसरी प्रशासनले जारी गर्यो कर्फ्यु

इटहरी उपमहानगरको मेयर भवनमा आगजनी : सुनसरी प्रशासनले जारी गर्यो कर्फ्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ भाद्र २०८२
  • 5.8K
    Shares

पोखरा, २३ भदौ २०८२।

इटहरी उपमहानगरपालिकाको मेयर भवनमा आगजनी भएको छ । मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा जिन्सी शाखामा आगजनी भएको हो ।

अहिले प्रदर्शनकारीहरुले ढुंगामुढा गरिरहेका छन् । उपमहानगरको जिन्सी शाखाका कागजपत्र छरपस्ट भएका छन् ।
ल्यापटप, प्रिन्टर यत्रतत्र छन् भने उपमहानगरको दमकल नै चलाउन सक्ने अवस्था नरहेको घटनास्थलमै रहेका स्थानीय नवीन दाहालले जानकारी दिए ।उनका अनुसार अहिले आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच सुनसरी प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

आदेशअनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास क्षेत्रसम्म कर्फ्यु लगाइएको छ ।

यस्तै, दक्षिणतर्फ अख्तियारको कार्यालयदेखि साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्म र पश्चिमतर्फ कंलकी मोडदेखि जनता बस्तीसम्म अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार