जेनजी प्रदर्शनकारी संसद भवन पसे : गोली लागेर एक जनाको मृत्यु, तीन पत्रकारसहित कम्तिमा ७० जना घाइते

जेनजी प्रदर्शनकारी संसद भवन पसे : गोली लागेर एक जनाको मृत्यु, तीन पत्रकारसहित कम्तिमा ७० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ भाद्र २०८२
  • 5.5K
    Shares

पोखरा, २३ भदौ २०८२।

संघीय संसद् भवनको मुल गेट (पश्चिम गेट) भित्रै प्रदर्शनकारीले आगो लगाएका छन्। प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ।


सरकारले यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन झन उग्र बन्दै गइरहेको छ। प्रदर्शन उग्र बने सँगै प्रहरीले गोली समेत चलाएको छ।

संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरेको छ। अहिले प्रदर्शनकारीले संसद् परिसरमा आगो लगाएका छन्। बानेश्वरकै सिभिल अस्पतालमा १०० बढी घाइतेको उपचार जारी छ। त्यस्तै अन्य अस्पतालमा पनि घाइतेको उपचार जारी छ।

जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर बानेश्वर क्षेत्रमा तीन जना पत्रकार घाइते भएका छन्। प्रहरीले चलाएको रबरको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ तथा फोटो पत्रकारद्वय नयाँ पत्रिकामा कार्यरत दिपेन्द्र ढुंगाना र नेपाल प्रेसमा कार्यरत उमेश कार्की घाइते भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260