लोक दोहोरी तथा काठे भाकाकी चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन

लोक दोहोरी तथा काठे भाकाकी चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ भाद्र २०८२
  • 4.9K
    Shares

पोखरा, १८ भदौ २०८२ ।

लोक दोहोरी तथा काठे भाकाकी चर्चित गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

क्यान्सर रोगले पिडित ५९ वर्षीया गायिका इन्दिरा गोलेको गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बुधबार नै बौद्ध परम्परा अनुसार उनको अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघले जनाएको छ। अन्त्यष्ठिअघि श्रद्धान्जलीका लागि उनको शव राष्ट्रिय नाचघरमा राख्ने तयारी उनको दुई छोरी छन्।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्।

उनका ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका गीत चर्चित छन्। तिनै गीतबाट उनले प्रख्याती पनि कमाएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार